त्रियुगा नदीको मोटरेवल पक्कीपुल पुनः निर्माण नहुदा स्थानीयहरु निरास (भिडियो सहित)

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बेल्हा जोड्ने त्रियुगा नदीको मोटरेवल पक्कीपुल पुनः निर्माण नहुदा स्थानीयहरु निरास हुन थालेका छन् ।

२०६७ सालमा शिल्यानास भएर १२ बर्ष पछी सम्पन्न हुन पुल सोही नदीमा आएको बाढीले १९ असार २०७८ मा पुल बगाएर अलपत्र भएपछी अहिले सम्म उक्त पुनः निर्माण नहुदा स्थानीयहरु निरास हुन थालेका हुन् । शनिवार उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का शिवाई स्थित भत्किएको पुलमा पुलचोक इन्जिनियरिङका इन्जिनियर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सहितको टोलि लिएर पुगेका छन । तर उनले पनि तत्काल पुल बन्न सक्ने अवस्था नरहेको बताए । खड्काले पुलको बिषय अख्तियारमा मुद्धा परेको हुँदा तत्कालका लागि बेलिब्रिजबाटै काम चलाउनुपर्ने देखिएको धारणा राखे ।

उदउपुर चौदण्डीगढी नगरपालिका ५ का वडा अध्यक्ष तुलसी ढकालले आफुहरु सबै तह सम्म पुग्दा सम्म पुल निर्माणको प्रक्रिया सुरु नहुदा आफुहरु बर्षामा जोखिम मोलेर वारिपारी गर्न बाध्य भएको बताउनुभयो । उहाले पुलको कारण जनाप्रतिनिहरुको सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी हुने गरेको धारणा राखे । आफुहरुले पुल निर्माण गरिदिन सबै तहलाई आग्रह गरेपछी पुल बनाउने बिकल्पै रोक्न कर्मचारीले नै अख्तियारमा मुद्धा हालेको उनको भनाइ छ ।

संघीय सांसद खड्काको नेतृत्वमा भत्किएको पुलमा पुगेको टोलीमा पुलचोक इन्जिनियरिङ कलेजका इन्जिनियर समेत रहेका थिए । इन्जिनियर राजन सुवालले पिलको भागको माटो कमजोर रहेको र पानीको बहावले मोटो खोल्दै गएपछी पुल भासिएर क्षति पुगेको बताए ।

पुल समयमा नबन्दा सर्पदंशलगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको प्रतिनिधिमण्डलले पटक पटक संघिय सरकार सँग माग गरेका थिए । पुलको अवलोकन गर्न पुग्नु भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्‍ठ अमात्यले सबै बिकल्पका बिषयमा बसेर छलफल गर्ने भन्दै तत्काल स्थानीय स्तरबाट कुनै काम नहुने भन्दै पुल राज्यले नै बनाउने बताए ।

शिवाई बेल्हा जोड्ने यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेशसँग जोड्ने गर्दछ। साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ–जाउ गर्न समस्या भएको छ ।

२६,फाल्गुन.२०८०,शनिबार २०:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्