नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत,अरु पदमा मतदान हुँदै

विराटनगर । नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् ।

जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य शेरधन राईका अनुसार अन्य पदाधिकारी र सदस्यमा भने मतदानको तयारी भइरहेको छ ।

नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपानेलगायतका नेता अधिवेशनमा पुगेका छन् ।

२२,फाल्गुन.२०८०,मंगलवार १३:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्