सुनसरीको इटहरीमा आज भएको आगलागीमा परि ५२ वर्षीया गोपीमाया कट्टवालको मृत्यु, आफैँले आगो लगाएको अनुमान

विराटनगर । सुनसरीको इटहरीमा आज भएको आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ । इटहरी स्थित बिपी चोकमा रहेको विष्णु खड्काको घरमा मध्य राति भएको आगोलागीमा परि ५२ वर्षीया गोपीमाया कट्टवालको मृत्यु भएको हो ।

कट्टवाल छोरा बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । छोरा बुहारीसँग बस्दै आएकी कट्टवालले आफैँले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । कट्टवालका छोराबुहारी सुतेको कोठामा भने ताला लगाइएको छ ।

छोरा बुहारी सुतेको कोठामा ताला लगाएर कट्टवालले कोठामा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले छोराबुहारी सुत्ने कोठामा ताला लगाएको र मृतक महिलाको कोठामा आगो लगाएको देखिएको बताए ।

सोही घरको माथिल्लो तलामा भने इटहरी उप महानगरका पूर्व उपमेयर तथा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम बस्दै आएकी छन् । उनले मध्य रातमा घरमा आगो लागेको बताइन् । आगोलागीबाट कट्टुवाल सुतेको कोठमा मात्रै क्षति भएको बताइन् ।

२०,फाल्गुन.२०८०,आईतवार ०८:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्