कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले कालोझण्डासहित काठमाडौंमा निकाले जुलुस

काठमाडौं । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा जुलुस निकालेका छन् ।

राजधानीको सडकमा कालोझण्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदेशसभाले कोशी नामकरण गरेको एक वर्ष पुगेको छ । पहिचानवादीहरू लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र सरकारबीच सहमति पनि भएको छ ।

१७,फाल्गुन.२०८०,बिहीबार १३:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्