नेकपा एमालेसहितको सरकार विस्तारको छलफलमा छौं : मुख्यमन्त्री कार्की

हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छ्लफल जारी रहेको बताएका छन् । उनले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको सुनाए ।

हेटौंडामा पत्रकारसँग मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए । आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विषेश परिवेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

संघीय संसद सुतेको टिप्पणी गर्दै कार्कीले भने, ` संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधिसभामा भैरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।´

प्रधानमन्त्री र मन्त्रीको रिपोर्टकार्ड माग्ने संघीय संसदले आफ्नो रिपोर्ट कार्ड चैँ पेश गर्नु पर्दैन ? भन्दै उनले प्रश्न गरे ।

१३,पुष.२०८०,शुक्रबार ०९:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्