कञ्चनपुरमा श्रीमतीको छुरा प्रहार गरेर हत्याको आरोपमा एक जना पक्राउ

धनगढी । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

२०,श्रावण.२०८०,शनिबार १०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्