सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको छ ।

0मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री र नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरीलगायतबीच छलफल भएको हो । छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी छन् ।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएकाे छ । उनीहरुलाई कतिबेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।

८,श्रावण.२०८०,सोमबार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्