समानुपातिक बजेट वितरण गर्न सरकार तयार भएपछि आजबाट बागमती प्रदेश सभाको अवरोध हटने

हेटौँडा । गत असार १२ गतेबाटको बागमती प्रदेशसभा बैठकको अवरोध हटाउन प्रतिपक्ष दलहरु तयार भएका छन् ।

सरकार र प्रतिपक्ष दलबीच समानुपातिक बजेट बाँडफाँडमा सहमति जुटेपछि आजबाट प्रदेशसभा बैठकको अबरोध हटने भएको हो ।

सरकारले एक पक्षिय बजेट विनियोजन गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले जारी राखेको बैठकको अबरोध आजबाट हटने भएको हो ।

सरकारले एकपक्षिय रुपमा राखेको बजेटलाई समानुपातिक वितरण गर्न सहमती गरेपछि प्रतिपक्ष दलहरुले अबरोध हटाउने भएका हुन् ।

आजै हुने प्रदेशसभा बैठकमा बागमती प्रदेशको विनियोजन विधेयक प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

१८,असार.२०८०,सोमबार १४:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्