दुईवटा बस रिजर्भ गरेर आएका बाँदरपीडित किसान तथा आम नागरिकहरुले प्रदेशसभाको परिसरमा गरे घेराउ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङका बाँदर पीडित किसान तथा आम नागरिकहरुले बागमती प्रदेशसभा परिसरमा प्रर्दशन गरेका छन् ।

दुईवटा बस रिर्जभ गरेर हेटौँडा आईपुगेका करिब १५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज बस रिर्जभनै गरेर प्रदेशसभा अघि प्रर्दशन गरेका हुन् ।

धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिषरमा प्रर्दशन गरेका हुन् ।

बाँदर आतंकको कारण ठुलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरुको आरोप छ ।

१३,असार.२०८०,बुधबार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्