टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु

विराटनगर । टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो ।

भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार राति मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले बताए ।

टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

७,असार.२०८०,बिहीबार १३:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्