बाढी पहिरो प्रभावितको अवस्था बुझ्न गएका प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण बीचबाटै फर्किए काठमाडौं

काठमाडौं । बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर, खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् ।

बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।

काठमाडौँबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौ फर्किएका छन् ।

विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरल्यान्सको जहाजबाट सवा ३ बजे काठमाडौ फर्किएका हुन् । उनीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमालेका सचिव योगेश भट्टराई पनि विमानमै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएको टोलीका अन्य सदस्य भने हेलिकप्टरमा नै काठमाडौँ फर्किएका छन् ।

४,असार.२०८०,सोमबार १६:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्