सुदूरपश्चिममा आज ३० अर्ब हाराहारीको बजेट ल्याउँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदैछ ।

आज ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०/०८१ के बजेट प्रस्तुत गर्दै छन् । स्रोतका अनुसार करिब ३० अर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदैछ ।

अघिल्लो वर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेशसभा सदस्यमार्फत खर्च गर्नेगरी तीन करोड बजेट उपलब्ध गराउने तयारीसमेत छ । प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । अघिल्लो वर्ष सरकारले चालू आर्थिक वर्षको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

१,असार.२०८०,शुक्रबार ०८:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्