कोशी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि प्रदेश ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दे मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले मदन भण्डारी ट्रमा सेन्टरका लागि २९ करोड बजेट विनियोजन गरेको बताए ।

उनले प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले प्रदेश आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको बताए ।

३२,जेष्ठ.२०८०,बिहीबार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्