कोशी प्रदेशसभाअगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप, दुवै पक्षका घाइते

विराटनगर । नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीचमा झडप भएको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।

प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । अहिले कोशीसभा सचिवालय अगाडि झडप भइरहेको छ ।
विराटनगरको स्थिति तनावग्रस्त छ ।

१४,जेष्ठ.२०८०,आईतवार १४:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्