बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

दाङ । बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बुढाले जानकारी दिए ।

बिहान ११ बजे चिरौटे सामुदायिक वनमा दाउरा खोज्न निस्किएका उनीहरू दिउँसोसम्म पनि जंगलबाट नफर्केपछि परिवार, आफन्तले खोज तलास गर्न जादा जंगलमा शव फेला परेको थियो ।

मृतक दुई जनाको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

६,चैत्र.२०७९,सोमबार १९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्