प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबिच भेटवार्ता, प्रदेश सरकारका विषयमा छलफल

कैलाली । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरू बिच भेटवार्ता भएको हो । सुदूरपश्चिम सरकारका विषयमा उनीहरू बिच छलफल भएको बताइएको छ ।

२७ पुसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अहिले सम्म विश्वासको मत लिएका छैनन् । एमाले सहित माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावललाई माघ २७ भित्र विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता रहेको ।

माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडानमा नागरिक उन्मुक्तिका सात सांसद छन् । उनीहरूको माग सम्बोधन गराउन र विश्वासको मत लिने विषयमा छलफल गर्न मुख्यमन्त्री रावलले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेको बालुवाटार स्रोतले जनाएको छ । भेटमा मुख्यमन्त्री रावल सहित मन्त्री खगराज भट्ट, एमाले अछाम इन्चार्ज तथा पूर्व प्रदेश मन्त्री झपट बोहरा पनि छन् ।

यस अघि शनिवार साँझ मुख्यमन्त्री रावलको नेतृत्वमा गएको नागरिक उन्मुक्तिका सांसद सहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा आलीसँग पनि भेट गरेका थिए

९,माघ.२०७९,सोमबार १०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्