खोटाङमा जसपाका जिल्ला अध्यक्ष वडा सदस्यमा निर्वाचित

खोटाङ । जनता समाजवादी पार्टी (जसपा) का खोटाङ जिल्ला अध्यक्ष टंक थापा वडा सदस्यमा निर्वाचित भएका छन् ।

थापा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँबाट वडा सदस्यमा निर्वाचि भएका हुन् । थापाले ३१९ मत पाएका छन् । डाँडागाउँमा माओवादी केन्द्र र जसपाको गठबन्धन थियो ।

वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल विजयी भएका छन् । वडामा कांग्रेसको दुई सदस्य र माओवादी केन्द्रको दलित महिला सदस्य विजयी भएका छन् ।
गठबन्धन दलको सहमति अनुसार थापा जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी बीचमा भागबण्डा गर्नेक्रममा जिल्ला समन्वय समिति जसपालाई दिने सहमति छ ।
सोही सहमति अनुसार साकेला गाउँपालिका–२ रतन्छामा जसपाका केन्द्रीय सदस्य सनबहादुर राई पनि वडासदस्यका उम्मेदवार छन् ।

१,जेष्ठ.२०७९,आईतवार ०९:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्