ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको काम गर्न राजनीतिक दलमै बस्नुपर्छ भन्ने नभएको बताए । ‘म राजनीतिक दललाई आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नुस् भन्ने चाहन्छु’ उनले भने ।

यो पनि पढ्नुहोस  नेकपाले तोक्यो आम हड्ताल सफल बनाउन ११ स्थानमा कमान्डर( को को कहाँ कहाँ ?
१,जेष्ठ.२०७९,आईतवार ०९:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: