चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

Anjita Karki
anjita.karki@nepalijanta.com

चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ ।

निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । शुक्रबार बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट गणना गर्ने निर्णय गरेपनि गणनामा ढिलाइ भएको छ ।

वडा नं. १ बाट मतगणना सुरु गर्ने तयारी छ । अहिले एउटा मात्रै वडाको मत गनेर जाने सहमति छ । पछि बढाएर विभिन्न ठाउँबाट गणना गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस  अर्थमन्त्री शर्माले व्यक्ति नहेरी सत्यको पक्षमा मात्रै कलम चलाउन पत्रकारहरुसँग गरे आग्रह
३१,बैशाख.२०७९,शनिबार ११:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: