तीनकुनेमा पुलबाट नदीमा खसेका दुई जनाको उद्धार

काठमाडौं । काठमाडौंको तीनकुनेमा बनाउँदै गरेको पुलबाट मोटरसाइकल र त्यसमा सवार दुई जना नदीमा खसेका छन् ।

निर्माणाधीन पुलबाट जाँदै गरेको मोटरसाइकल वागमती नदीमा खसेको प्रहरीले जनाएको छ । मंगलबार साँझ नदीमा खसेका दुई जनालाई उद्धार गरी प्रहरीले निजामती कर्मचारी अस्पतालमा पठाएको छ ।

प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामाका अनुसार उक्त दुर्घटनामा एक महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको नाम खुलेको छैन ।

१९,माघ.२०७८,बुधबार ०७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्