भ्याली वोर्ड र पिआईडीमा काजमा गएका कर्मचारीहरुलाई यथासिग्र काज फिर्ता गर्न कर्मचारी युनियनहरुको माग

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी यूनियनहरु पुनः विभाजित भएका छन । केहि समय पहिला केयूकेएलका कर्मचारीहरुका मागमा साझा अवधारण बनाएर आन्दोलनमा उत्रिएका कर्मचारीहरु पुनः निहीत स्वार्थ पुरा गराउने सवालमा विभाजित भएका हुन ।

सरकार पक्ष गठबन्धन वाम इतरका कर्मचारी युनियनहरु एका एक कर्मचारी सरुवाका विषयमा एकल धारणा सार्वजनिक गर्न लागेपछि प्रजातान्त्रिक धारका यूनियन र अर्को गोपालसिंह धामी नेतृत्वको स्वतन्त्र कर्मचारी यूनियहरुले एक विज्ञप्ती प्रकाशित जारि गरेपछि यूनियनहरु विभाजित भएको देखिएको छ ।
विगतमा व्यवस्थापक, कर्मचारी युनियनहरु र केयूकेएल वोर्डवीच भएका सम्झौता कार्यन्वयन भएको वा नभएको विषयमा वोर्ड र व्यवस्थापन अलमलमा परेको देखिएको हुदाँ त्यसो हुन नदिन युनियनहरुले सरोकारवालाहरुलाई सजक रहन विज्ञप्ती मार्फत आग्रह गरेका छन ।

केयूकेएलवाट काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेड कार्यान्वयन आयोजना निर्देशनालयमा काजमा रहेका कर्मचारीहरुलाई यथासिग्र केयूकेएलमा फिर्ता गरि पुनः अरु कर्मचारीहरुलाई समन्वयका आधारमा पठाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

३०,पुष.२०७८,शुक्रबार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्