कुलेश्वरको सडकमा हिउँ कि असिना ?

काठमाडौं । काठमाडौंवासीका लागि हिउँ अझै पनि ‘रोमाञ्च’ कै विषय हो । हिउँ हेर्नकै लागि काठमाडौंका युवायुवतीहरु चन्द्रागिरीदेखि दामनसम्म पुग्ने गर्छन् ।

तर, आज बिहान काठमाडौंको कुलेश्वरका वासिन्दाले आश्चर्यजनक दृष्य देखे । बिहान उठ्दा सडकदेखि खुला मैदान सबै बाक्लो हिउँ छपक्कै छोपिएका थिए ।

काठमाडौंमा अन्यत्र कतै पनि नदेखिएको हिउँ कुलेश्वरमा कसरी पर्यो ? स्थानीयवासी नै अचम्ममा परेका छन् ।

कुलेश्वरमा करिब २० बर्षदेखि बसोवास गर्दै आएका सिभेक अग्रवालले यस ठाउँमा पहिलोपटक हिउँ देखेको बताए ।

उनले भने, ‘आजको दिनसम्म यहाँ कहिले पनि हिउँ देखिएको थिएन । अरु ठाउँमा हिउँ पर्दा पनि यहाँ पर्दैनथ्यो ।’

केही दिनअघि चन्द्रागिरीमा हिउँ पर्दा राष्ट्रिय समाचार नै बनेको थियो । काठमाडौंबाट हिउँ हेर्न र खेल्नका लागि धेरै युवायुवती चन्द्रागिरीमा भिड लागेका थिए । त्यसबेला कुलेश्वरमा हिउँ देखिएको थिएन ।

तर, आज अचानक हिउँ परेपछि यहाँका वासिन्दाका लागि सुखद आश्चर्य बनेको छ । बच्चादेखि किशोरकिशोरीहरु हिउँमा रमाएका थिए ।

माैसमविदले भने साे क्षेत्रमा हिँउ परेकाे नभइ असिना परेकाे बताएका छन् ।

काठमाडौंका अन्य स्थानमा भने हिउँ परेको खबर आएको छैन ।

२९,पुष.२०७८,बिहीबार १४:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्