काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

रौतहटमा मास्कको प्रयोग नगर्नेहरुलाई स्वास्थ्य अध्यादेश बमोजिम जरिमाना

5.63K
shares
khanepani bord

रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ ।

नेपाल मास्क अभियान अन्तर्गत ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् ।

अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्दै सुरु भएको कार्यक्रम एक सातासम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा हाल ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका रौतहटका ११८ जनाले ज्यान गुमाएका छन् । संक्रमण बढ्दासमेत स्थानीयले सचेतना नअपानाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिमाना गराउने निर्णय गरेको छ ।

गौरको बिपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै आइतबारदेखि मास्क नलगाएमा जरिमाना हुने जानकारी प्रशासनले दिएको छ ।

संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा सावधानी अपनाउन बेवास्ता गरिरहेका छन् । मास्कको प्रयोग नगर्नेहरुलाई स्वास्थ्य अध्यादेश बमोजिम हरेक पटक १०० रुपैयाँ जरिमाना गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए ।

‘तेश्रो चरणको महामारी आउने सम्भावना रहेकोले नागरिकहरुले आफैं अनिवार्य रुपमा मास्क लगाउन जरुरी छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘जनचेतना फैलाउन निःशुल्क रुपमा मास्क वितरण गरेका छौं । मास्क नलगाउनेहरुलाई कानून बमोजिम जरिमाना गर्ने व्यवस्था रौतहटमा शुरु गर्दैछौं ।’

कोरोनाको संक्रमण पुनः बढ्न थाले पनि सचेतना फैलाउनु पर्ने राजनीतिक दल, संस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन् ।

khanepani