प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको हो ।

क्षतिको विवरण तयार गरी इलेक्ट्रोनिक कपी २५ गतेभित्र केन्द्रको इमेल ठेगानामा र हार्ड कपी असार मसान्तभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउनुपर्ने केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

२०,असार.२०७८,आईतवार २२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्