चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी गर्छौं’ उनले भने ।

१४,असार.२०७८,सोमबार १४:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्