काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी...

पुरा पढ्नुहाेस्

तत्काल बैठक राखेर देशको परिस्थितिबारे एमालेको एकीकृत धारणा बनाउन अरुण नेपालको माग

364
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले तत्काल पार्टीको बैठक राखेर यसबीचमा भएका घटना र परिवर्तनहरूको बारेमा गम्भीर छलफल गर्न माग गरेका छन् ।

नेपालले सामाजिक सञ्जालबाटै वक्तव्य जारी गर्दै नयाँ अवस्थाका बारेमा पार्टीको सचिवालय बैठक मात्र भने पनि बसेर एकीकृत धारणा बनाउन आग्रह गरेका हुन् ।

नेपालले भनेका छन्– देशमा अकल्पनीय घटनाहरू घटे। धेरै मान्छेको ज्यान गयो। भौतिक सम्पत्तिको अपूर्व क्षति भयो। सरकार र संसद दुवै विघटन भए। नयाँ सरकार बन्यो। स्थापित पार्टीहरूमाथि भयंकर आक्रमण भइरहेको छ। भविष्य अनिश्चय उन्मुख छ। यस्तो विशिष्ट समयमा हाम्रो पार्टीले कम्तिमापनि केन्द्रीय सचिवालयको बैठक डाकेर परिस्थितिको बारेमा गम्भीर छलफल गर्नु पर्ने हो तर त्यसो भएको छैन। नेता साथीहरुलाई अनुरोध कृपया यथाशीघ्र बैठकको आयोजना गर्नुहोस् र नयाँ अवस्थाका बारेमा पार्टीको एकीकृत धारणा बनाउनु होस।

चैत २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि एमालेको औपचारिक बैठक भएको छैन । अध्यक्ष ओलीले अहिले नेताहरूसँग अनौपचारिक परामर्श गरिरहेका छन् । चाँडै बैठक बस्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

khanepani