काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका...

पुरा पढ्नुहाेस्

नेता कार्यकर्तालाई जसपा नेपालको चेतावनी- नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखे कारबाही हुन्छ

520
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा नलेख्न पार्टीपंक्तिलाई चेतावनी दिएको छ। केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव लालबाबु राउतले पार्टी शुद्धीकरण, सुदृढीकरण र अनुशासन सम्बन्ध धारणा सार्वजनिक गरेका हुन्।

महासचिव राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा हाम्रो पार्टीविरुद्ध आन्तरिक र बाह्य दुबै तर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण र विखण्डन गराएका छन्, भएका छन् । यसको पनि अध्ययन, अनुसन्धान र विश्लेषण गरिनु पर्ने नै छ । विगतको घटनाक्रमलाई मूल्याङ्कन गरी भविष्यमा हुन सक्ने यस्ता षड्यन्त्र, चलखेल र दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टीका सम्पूर्ण सदस्यहरू यस्ता क्रियाकलापहरू प्रति सचेत र चनाखो रहनुपर्दछ । रोगको निदान समय मै गर्नुपर्दछ ।’

पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान तथा कार्य पद्धति विपरीत कार्य गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टी भित्र गुटबन्दी गर्ने, पार्टी र पार्टी नेतृत्व विरुद्ध भ्रम सिर्जना गर्ने, सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्ष्टाग्राम आदीलाई प्रयोग गरी पार्टी र पार्टीका नेताहरू विरुद्ध नकारात्मक प्रचार गर्ने, पार्टी अनुशासन उल्लङ्घन गरी हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीविरुद्ध रहेका व्यक्ति वा शक्तिसँग साँठगाँठ गरी पार्टीलाई कमजोर पार्ने, पार्टीविरुद्ध षड्यन्त्र गर्ने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मात्र कार्य गर्ने, पार्टीभित्र अनावश्यक द्वन्द सिर्जना गर्ने जस्ता गैर–राजनीतिक चरित्र र प्रवृत्तिबाट पार्टीलाई जोगाउँदै पार्टीको क्रान्तिकारी सिद्धान्त एवं कार्य पद्धति र सङ्गठनात्मक शक्तिलाई रक्षा गर्ने र असमाजिक प्रवृत्ति, चरित्र र क्रियाकलाप तथा पार्टीलाई कुनै प्रकारले हानी नोक्सान पुर्याउने खालका पार्टी भित्र वा बाहिरका प्रवृत्ति विरुद्ध सदैव चनाखो हुनुपर्ने उल्लेख छ।

पार्टीको विधान विपरीत क्रियाकलाप गर्ने र पार्टी आचार संहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि पार्टीले कारबाही गर्ने उल्लेख छ।

बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने, विचार, सिद्धान्त न मिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चाको रूपमा सहकार्य गर्ने निर्णय गरेको छ।

khanepani