काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनका मृतक परिवारको घरदैलोमा तत्काल क्षतिपूर्ति पुर्‍याउँछौँः प्रजिअ कडरिया

455
shares
khanepani bord

गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाले जेनजी आन्दोलनका मृत्यु भएका जिल्लाका तीन जनाका परिवारलाई सरकारले घोषणा गरेको क्षतिपूर्ति र किरिया खर्च तत्कालै घरदैलोमै पुगेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार कुराकानीमा प्रजिअ कडरियाले मृतक परिवारले पाउने राहत रकम गृह मन्त्रालयले तोकेको कार्यविधिअनुसार वितरण गरिने बताए। उनका अनुसार सरकारले घोषणा गरेको दश लाख क्षतिपूर्ति र पाँच लाखको थप सहयोग रकम, साथै किरियाखर्चका लागि छुट्याइएको सहयोग पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फतै पुर्‍याइने छ।

‘अहिले गृह मन्त्रालयले निर्णय गरिसकेको छ। कार्यविधि छिट्टै आउँछ। कार्यविधि आएलगत्तै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम वितरण सुरु हुन्छ,’प्रजिअ कडरियाले भने।

उनले मृतक परिवारलाई राज्यले दिने राहत ढिलाइ नगरिकनै उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

मृतकमध्ये गण्डकी गाउँपालिकास्थित फुजेलका अर्जुन भट्टको अन्त्येष्टि समेत सम्पन्न भइसकेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै प्रजिअ कडरियाले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका छन्।

khanepani