‘गुफाडाडा जलवायु सम्मेलन’ को नाममा मेलम्ची नगरपालिकाको मनलाग्दो खर्च

वि.सं.२०८१ पुस ७ आइतवार १५:५९
shares

ko{6sLo :yn u'kmf8fF8f l;Gw'kfNrf]s, !& k'; . d]nDrL gu/kflnsf–( df cJfl:yt u'kmf8fF8f . o; :yfgdf @)&% ;fndf /fi6«klt laBfb]jL e08f/Lsf] pkl:yltdf lhNnf ;dGjo ;ldltn] k|yd hnjfo' ;Dd]ng u/]sf] lyof] . tl:a/ M b]j/fh ;'j]bL, /f;;
सिन्धुपाल्चोक । महालेखापरीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा गणतन्त्र आएपछि सुरु भएको संघियता र स्थानीय तह सरकारको नेतृत्व गर्नेबाट सरकारी रकमको अपचलन र भ्रष्टाचार गरेको ठहर गर्दै प्रत्येक वर्ष प्रतिबेदन सरकारलाई बुझाउने गरेको छ । यि दुवै निकायले देशभरका स्थानीय निकायदेखि सवै सरकारी कार्यालयमा भएको अनियमितात, गैरकानुनी रुपमा गरिएको खर्चको विवरण सहित राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
तर सो प्रतिबेदनमा उल्लेख गरिएको विषयलाई राज्य सञ्चालकले चासो नदिएका कारण सवभन्दा बढी अनियमितता र भ्रष्टाचार स्थानीय निकायमा हुने गरेको पाईएको छ । यहाँ सवै स्थानीय निकायमा जनताबाट निर्वाचित भएको हुँकार गर्दै आएका जनप्रतिनिधिबाट विभिन्न बहना देखाउदै सरकारी ढुकुटीको रकम अन्धधुन्ध खर्च गर्ने गरेको पाईएको छ । यसैक्रममा विश्वको टाउको दुखाई भएको जलवायु परिवर्तनको नाममा करोडौ रुपैयाँ एउटा मेयर र अध्यक्षको एकल निर्णयबाट खर्च हुदै आएको छ । यसको बलियो उदाहरण बनेको छ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका । यो पालिकाका मेयर आइतमान तामाङ रहेका छन ।
उनको पृष्ठभुमी भने ठेकदार हुन । उनी ठेक्कापट्टा लिन शक्तीकेन्द्रको गुलामी गर्दै प्रायःसवै दलको सदस्यता लिई अहिले नेपाली काँग्रेसको तर्फबाट मेलम्ची नगरपालिकाको मेयर पदमा चुनाब जितेका व्यक्ती हुन । उनी विकास निर्माणको नाममा आफु निकट ठेकेदारलाई विभिन्न शिर्षकमा ठेक्का देखाउदै सरकारी बजेट विनियोजन गर्दै आएको र सोही ठेक्का दिईएको कम्पनीबाट मोटो रकम कमिशन असुली गर्दै आएका मेयर तामाङले अहिले गतिलो बहना पाएका छन् जलवायु परिवर्तन र गुफाँडाडो ।
सो डाडोमा वि.सं. २०७५ मा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा जलवायु सम्मेलनको नाम दिएर मनाएको थियो । त्यस समयमा सो सम्मेलनको आयोजना गर्ने जिल्ला समन्वय समितिका प्रमुख थिए कृष्णगोपाल तामाङ । उनले सो समयमा गरेको सम्मेलनको खर्च अहिलेसम्म सार्वजनिक गर्न सकेनन् । कहाँ कति खर्च भयो त्यसको लेखाजोखा समेत भएन र करोडौ रुपैयाँ सरकारी ढुकुटी विनियोजन गरेर आफुखुशी खर्च गरेर र लाखौ रुपैयाँ कमिशन लिएको आरोपको खण्डन कृष्णगोपाल तामाङले सकेका छैनन ।
त्यससमयदेखि जलवायु परिवर्तनको नाममा गरिने सभासमम्मेलन र गोष्टीबाट राम्रो अम्दानी हुने र सरकारी निकायले समेत खासै खोजीनिति नगर्ने भएपछि सो धन्दालाई जनप्रतिनिहिरुले निरन्तरता दिदै आएका छन् । सरकारी रकममा देउसी खेल्दै आएका जनप्रतिनिधिहरुले चौथो सो सम्मेलनमा गरिएको खर्चबाट के उपलव्धी भयो भन्ने बारे कुनै जानकारी दिन नसकि रहेको अबस्था फेरी पाँचौ जलवायु सम्मेलन गुफा डाडामा मनाउने निर्णय गरेर मेलम्ची नगरपालिकाले केही खल्तीका सञ्चारमाध्यमलाई रकम दिएर विज्ञापनलाई समाचार बनाई प्रकाशन प्रशारण गर्दै आएका समेत पाइएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, मा पर्ने सो गुफाडाँडामा मेयर आइतमान तामाङले पाँचौ जलवायु दिवस मनाउने भन्दै गरिएको प्रचारमै सरकारी रकमको दोहन भएको आरोप सिन्धुबासीहरुले लगाएका छन् । विकास निर्माणमा बजेट नभएको भन्दै आएका मेयर तामाङले सो सम्मेलन गर्न कहाँबाट बजेट पाएभन्ने बारे पनि अहिले मेलम्ची क्षेत्रमा चर्चाको विषय बनेको छ । उनले पनि वि.सं. २०७५ मा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरता स्वरूप जलवायु दिवस मनाउने निर्णय गरेर कमिशनकैलागि आफु निकट व्यक्तीलाई सो सम्मेलनको सञ्चालनको समेत जिम्मेवारी दिएको आरोप समेत लगाइएको छ । यसै सम्बन्धमा मेयर तामाङलाई फटकफटक फोन सम्र्पक गर्दा उनलको फोन सम्र्पक हुन सकेन ।
त्यस समयमा समितिले जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गर्न नसकेको अबस्थामा मेलम्ची नगरपालिकाले गर्ने खर्चको समेत विवरण सार्वजनिक भने गर्ने आँट मेयर तामाङमा रहेको देखिदैन । कारण सम्मेलनमा भएको खर्चभन्दा कमिशनमा बढी खर्च देखिने भएकाले खर्च विवरण अहिले सम्म भएका र अब हुने सम्मेलनको समेत सार्वजनिक नहुने देखिएको छ । आजसम्म जिसस सिन्धुपाल्चोकले सो सम्मेलनसहित दुई वटा जलवायु दिवसमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक नगरेपछि सोही नजिर देखाउदै मेयर तामाङले पनि जलवायुको परिवर्तनको नाममा पाँचौ सम्मेलन भन्दै करोडभन्दामाथीको रकम खर्च गर्ने अनाबश्यक योजनाहरु र कार्यक्रम तय गरेको समेत आरोप लगाइएको छ ।
तत्कालिन समयमा गरिएको जलवायु सम्मेलनको आर्थिक विभागको प्रमुखका रुपमा रहेकी जिससकी सदस्य सकुन्तला माझीलाई समेत खर्च कहाँकति भयो भन्ने अत्तोपत्तो समेत पाईनन । भने तत्कालिन जिसस प्रमुख तामाङले आफूहरूले कुनै रकम नलिईकन दातामार्फत नै खर्च गराएको भन्दै आफ्नो बचाउ अहिलेपनि गर्दै आएका छन् भने तत्कालिन समयमा सरकारी ढुकुटीबाट कित खर्च भयो त भनी सोधिएको प्रश्नको उत्तर अहिले सम्म तामाङले दिन सकेका छैनन । सञ्चार क्षेत्रको बारेमा भएको खर्चको समीक्षा भने फरक फरक देखाइएको छ थियो । तत्कालिन जिसस प्रमुख तामाङले चार लाख रुपैयाँ खर्च गरिएको बताएपनि तत्कालिन उपप्रमुख सापकोटाले ६ लाख रुपैयाँ खर्च भएको बताएकी थिईन भने उता आर्थिक विभाग प्रमुख माझीले ९ लाख रुपैयाँ खर्च भएको बताएपछि सम्मेलनको नाममा हुने गरेको भ्रष्टाचार प्रष्ट देखिएको थियो ।
यसरी जलवायु र गुफाडाँडाको नाम भजाउँदै आएको जलवायु सम्मेलन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले समेत सोही फर्मुला प्रयोग गरि पाँचौ सम्मेलन गर्ने भन्दै निर्णय समेत गरेका छन् । उनले कहाँ कति खर्च गर्ने र हुने भन्ने कुनै लेखाजोखा समेत नगरि जलवायु सम्मेलनको नाममा करोडौ रुपैयाँ खर्च गर्ने योजना मेयर तामाङको रहेको छ । धेरै रकम हिनामिना गर्न सहज माध्यामको रुपमा अहिले मेलम्ची नगरपालिकाले यसलाई राम्रो हतियारको रुपमा समेत लिएको मेलम्ची नगरपालिकाकै एक कर्मचारीले बताएका छन् ।
आर्थिक पारदर्शीताका कुरा, कार्यक्रमका उपादेयताका कुरा, अनावश्यक कार्यक्रम हटाई सिर्जनात्मक कार्यक्रमको प्रस्तावमा कुनै वास्तै नगरी मेयर तामाङ आफू ज्यादै ज्याद्रो मान्छे भएकाले कसैको कुरा नसुनी एकलौटी ढङ्गले अगाडि बढ्ने गरेको नगरपालिकाका एक कर्मचारी नाम गोप्य राख्ने सर्तमा बताउछन् । ती कर्मचारी भन्छन,‘मेयर तामाङ ज्यादै ज्याद्रो मान्छे रहेका छन्, उनले चाहेको कोही कसैसंग छलफल नगरि गर्ने बानी रहेको छ, कहाँबाट के गर्दा कमिशन आउछ त्यसलाई मेयर तामाङले लाखौ रुपैयाँ रकम विनियोजन गर्दै आएका छन्, उत्पादकभन्दा पनि अनुपात्तक योजनामा बढी ध्यान दिने गरेका छन् ।’
समयमा आर्थिक विवरण पेस गर्नसमेत नसक्ने तामाङले क्रसर उद्योग तथा गैरसरकारी संस्थाहरूसँग रकम असुलेर त्यसको विवरणसमेत सार्वजनिक गर्न नसक्ने दाबी समेत ति कर्मचारीको रहेको छ । जलवायु सम्मेलन बिना एजेन्डा रमाइलोका लागि मात्र हुने गरेको कतिपय स्थानीयवासीले गुनासो गर्दै आएका छन् । केही दिन तामझाम हुने तर अरू दिनमा वास्तासमेत नगर्ने प्रवृत्तिका कारण आफूहरू रुष्ट बनेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
स्थानीयवासीले समेत जलवायु सम्मेलनको खर्च सार्वजनिक हुनुपर्ने माग गरेपनि चौथो सम्मेलनको खर्च अहिलेसम्म गरिएको छैन भने पाँचौ सम्मेलन पनि उही पुरानै पारामा मनाएर करोडौ रकम जलवायु सम्मेलनको नाममा अनियमितता हुने पक्कापक्कि रहेको छ । र सो सम्मेलनबाट न कुनै उपलव्ध भने हुने समेत देखिएको छैन ।