काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमले विदेशका आफ्ना सिम प्रयोगकर्ताहरुका लागि घटायो डाटा रोमिङ सेवा शुल्क

2.72K
shares
khanepani bord

काठमाडौं । नेपाल टेलिकमले विदेशका आफ्ना सिम प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा शुल्क घटाएको छ ।

विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग सम्झौता गरी शुल्क घटाएको हो ।

कम्पनीका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई सस्तो मूल्यमा डाटा सेवा पाउनेछन् ।

नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध रहेको छ ।

त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, यूएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिनेछ ।

रोमिङ सेवा र यसको महसुलदर बारेमा विस्तृत विवरण एनटीसीको वेबसाइटमा उपलब्ध रहेको छ ।

डाटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट ‘स्टार१४१५स्टार७ ह्यास’ डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।

khanepani