काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

अफगानिस्तानविरुद्ध आकाशको घातक बलिङ, एक्लैले लिए ४ विकेट

3.08K
shares
khanepani bord

काठमाडौं । नेपालका मिडियम पेसर आकाश चन्दले ४ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ ।

अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् ।

नेपालका गुल्सन झाले पनि एक विकेट लिए । पहिलो ओभरमै विकेट लिँदै गुल्सनले शानदार सुरुवात दिलाएका थिए । त्यसपछि आकाश हावी भएका हुन् । अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।

khanepani