मधेसमा सांसदबाट राजीनामा दिएर मेयर लडेका नेपाली कांग्रेसका नेता कुशवाहा पराजित

जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका नेता उपेन्द्र कुशावाहा पराजित भएका छन् ।

कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले पराजित गरेका हुन् ।

मेयरमा निर्वाचित यादवले ५ हजार २९४ मत ल्याएका छन् । कुश्वाहाले ४ हजार ७५२ मा समेटिए । उनी ०७४ को निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।

कुशवाहा मधेस प्रदेशमा नेपाली कांग्रेसका प्रमुख सचेतक थिए । राज्यमन्त्री सरह सुविधा पाइरहेका उनी मेयर बन्न राजिनामा दिए तर पराजित भएपछि विचल्लीमा परेका छन्।

उपमेयरमा लोसपाकी अन्जना कुशवाहा ५ हजार ३०१ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवी ४ हजार ४९३ मत प्राप्त गरिन् ।

५,जेष्ठ.२०७९,बिहीबार १६:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्