रुपन्देहीको देवदहको मेयर र उपमेयरमा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

४,जेष्ठ.२०७९,बुधबार १६:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्