गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देही । नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन् ।

खरेलले गठबन्धनबाट नेपाली कांग्रेसका रुपन्देही जिल्ला सचिव हीरा खत्रीलाई १६२० मतान्तरले पराजित गरेका हुन् । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गरी प्रमुख निर्वाचित भएका थिए । खरेलले १२ हजार ९४३ मत पाउँदा केसीले ११ हजार ३२३ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरले निर्वाचित भएकी छन् । गुरुङ यसअघि पनि उपप्रमुख निर्वाचित भएकी थिइन् । गुरुङले गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी हुन् । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउँदा गिरीले ७ हजार २९० मत पाएकी छन् ।

एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माको निर्वाचन क्षेत्र रहेको देवदहमा अघिल्लाेपटक कांग्रेसले जितेको थियाे ।

४,जेष्ठ.२०७९,बुधबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्