दिक्तेलको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयर उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयर उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भट्टराईले नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले पछि पारे । भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाएको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रका बिसन राईले १० हजार ४३८ मतसहित उपमेयर पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेबी राईले ७ हजार ३१९ मत पाइन् । विणादेवी निवर्तमान उपमेयर हुन् ।

१५ वडा रहेको नगरपालिकामा माओवादी केन्द्रका ६, कांग्रेसका ४, एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।

४,जेष्ठ.२०७९,बुधबार ०९:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्