रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेस विजयी, माओवादी तेस्रो

रोल्पा । रोचक चुनावी प्रतिस्पर्धा रहेको गंगादेव गाउँपालिकामा अन्ततः नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा २५४८ मतका साथ नेपाली कांग्रेसका हरिबहादुर पुनमगर विजयी भएका छन । एमालेका रोशनकुमार वलीले २४९९ मत ल्याए ।

यसअघि गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका वीरवहादुर खत्री तेस्रो र विप्लव नेतृत्वको नेकपाका नेता चुडामणी वली चौथो स्थानमा रहेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता केसी वली २९०९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।

कांग्रेस वडानम्बर १,२,४,५ र ७ मा विजयी भएको छ । १ मा अमृतवहादुर वली, २ मा अमरवहादुर थापा, ४ मा कृष्ण वली, ५ मा अमृत बुढा र वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

वडानम्बर ६ मा एमालेका वीरवहादुर वली र ३ नेकपा माओवादी केन्द्रका लोकमान वली विजयी भएका छन् । सो वडाको वडा सदस्यहरुमा भने स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठवन्धन गरेका थिए ।

२,जेष्ठ.२०७९,सोमबार १०:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्