काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो स्थानमा

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।

स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

यो पनि पढ्नुहोस  उपाधिका लागि नेपालले पीएनजीलाई दियो १ सय ६९ रनको लक्ष्य
१,जेष्ठ.२०७९,आईतवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: