डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं । डोटीको बडिकेदार गाउँपालिमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बडीकेदार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार भैरवबहादुर साउद २३४३ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चक्रबहादुर घर्ती मगरलाई ६५९ मतान्तरले पराजित गरेका हुन् । पराजित चक्रबहादुर घर्ती मगरले १६८४ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै डम्मरकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी छन् । एमालेकी सपना सिराडी २२७६ मत ल्याइन् ।

१,जेष्ठ.२०७९,आईतवार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्