सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित

Anjita Karki
anjita.karki@nepalijanta.com

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन् ।

रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे । रायको प्यानलनै विजयी भएको छ ।

यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन । कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् । भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन् ।

यो पनि पढ्नुहोस  टीकाराम भट्टराईले संविधान सभाका अध्यक्ष र महान्यायाधीवक्ता अग्नि खरेलप्रति व्यङ्ग्यद्धारा गरे कटाक्ष
१,जेष्ठ.२०७९,आईतवार ११:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: