वडामै एमाले हारेपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

Anjita Karki
anjita.karki@nepalijanta.com

खोटाङ । निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।
आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

कार्की ३४ वर्षदेखि एमालेको राजीनीतिमा क्रियाशील छन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस  मन्त्री आङ्बुहाङले भने, 'सांसद पद त्याग्न तयार छु, तर स्पष्टीकरणको जवाफ दिन्र्'
१,जेष्ठ.२०७९,आईतवार १०:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: