गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए ।

उक्त वडामा कुल १ हजार ४०५ मत खसेको थियो ।

३१,बैशाख.२०७९,शनिबार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्