उदयपुरको लिम्चुङबुङका २ वडामा गठबन्धनका उम्मेदवार विजयी

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल गरेको थियो । राईले खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरे ।

यसैगरी वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी भएका छन् । उनी वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरी विजयी भएका हुन् ।

पाँचवटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।

३१,बैशाख.२०७९,शनिबार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्