महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू

महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ । सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए ।

वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् । क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।

३१,बैशाख.२०७९,शनिबार १५:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्