काठमाडौं महानगरको मतगणनामा कर्मचारी नै अलमलिए, ७ मत गन्दा यस्तो छ परिणाम

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।

यो पनि पढ्नुहोस  नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने
३१,बैशाख.२०७९,शनिबार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: