काठमाडौंका ११ मध्ये ३ नगरपालिकामा मतगणना जारी, सबैमा एमालेको अग्रता

काठमाडौं । काठमाडौंका हालसम्म मतगणना शुरु भएका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् ।

गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाएकी छन् ।

त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा छिन् भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छैन । अन्य नगरपालिकाको मतगणना शुरु हुने क्रममा छ ।

३१,बैशाख.२०७९,शनिबार ०९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्