नागार्जुन नगरपालिकामा रिता र रेखाको चर्चा,उपप्रमुखमा रिता दवाडीकै पल्लाभारी

काठमाडौं । काठमाडौं जिल्लाको उत्तरपश्चिम भेगमा रहेको नागार्जुन नगरपालिकाको आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनैतिक दलहरुले आ–आफ्नो उम्मेदवारहरुलाई चर्चामा ल्याएका छन् ।

नागार्जुन नगरपालिका साविकको इचङ्गु, सीतापाइला, रामकोट, भिमढुङ्गा र स्यूचाटार गाविस गाभेर १० वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकामा करिब ३२ हजार १८ मतदाता रहेका छन् । हालको राजनैतिक अवस्था अनुसार क्षेत्र नम्बर ७ मा पर्ने १,२,३ वडा र क्षेत्र नम्बर ८ मा पर्ने ४ नं. वडामा एमालेले जितेको छ । वडा नं. ५ मा राप्रपाले जितेको छ । सोही वडाका वासिन्दा मोहनबहादुर बस्नेत मेयरमा र शुशिला अधिकारीले उपमेयरमा जितेका थिए । क्षेत्र नं. ९ मा पर्ने ५ वटा वडाहरु ६,७,८, ९ र १० मा कांग्रेसले जित हासिल गरेको थियो । त्यसैले कांग्रेस र एमालेको आँखा क्षेत्र नं. ९ को मतदातातर्फ बढी आकर्षित भएको देखिन्छ । ऐतिहासिक रुपमा कांग्रेसको अखडा रहेको स्युचाटारबाटै मेयर उपमेयर नबनाउँदा नगरपालिकाभित्र राजतैतिक समीकरण भत्किन सक्ने आंकलन गरिएको छ ।

कांग्रेस र एमालले दुई प्रमुख पद मध्ये एक पद स्यूचाटार क्षेत्रबाट उम्मेदवार बनाउनु पर्ने माग उठाइरहेका छन् । कांग्रेसमा यो नगरबाट उपमेयरमा प्रत्यासीहरुको नाम चर्चामा आउन थालेको छ । जसमध्ये कांग्रेसबाट रिता दवाडी अग्रपंक्तीका देखिन्छिन् ।
त्यसैगरी, कांग्रेसबाट यसभन्दा अगाडि उपमेयरमा पराजित कल्याणी खड्का र नयाँ अनुहार सरस्वती भट्टले पनि दावी गरिरहेका छन् । कांग्रेस नेतृ रिता दवाडी कांग्रेसको १३ औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका साथ विजयी हुँदै विगत १७ वर्षदेखि नेपाल महिला संघ काठमाडौको जिल्ला कार्यसमितिमा सदस्य हुँदै आएकी छिन् ।

हाल महिला संघको जिल्ला सदस्य एवम् प्रवक्ताको रुपमा काम गर्दै आएकी दवाडी उद्योगी व्यवसायीको छाता संस्था नेपाल मुद्रण उद्योग संघको वरिष्ठ उपाध्यक्ष, लायन्स क्लब अफ जर्नालिष्टका कोषाध्यक्ष, प्रस्तावित रामकोट सिताराम क्याम्पसको कोषाध्यक्ष, लायन्स ब्लड बैंकको संस्थापक, नेपाल पत्रकार महासंघको सदस्य, नेपाल बाणी मिडिया ग्रुपको प्रवन्ध निर्देशक, मुना प्रिन्टिङ ग्रुपको प्रोपाइटरसमेत रहेकी दवाडी सफल व्यवसायी तथा राजनैतिक कर्मीका रुपमा परिचित छिन् ।

राजनीतिलाई विसुद्ध सेवाको भावना लिएर ४ दिन रोटी र ३ दिन पार्टीलाई भन्दै राजनीतिमा होमिएकी दवाडी सफल व्यवसायी पनि हुन् । आफ्नो व्यवसाय गरेर राजनीतिमा शुद्धता ल्याउनु पर्ने धारणा राख्ने दवाडी निकै अगाडिदेखि संचार क्षेत्रमा पनि परिचित नाम हो ।
त्यसैगरी, प्रतिस्पर्धीको रुपमा रहेकी कल्याणी खड्का १४ औं महाधिवेशनदेखि मात्र महाधिवेशन प्रतिनिधि र यसभन्दा अगाडि आफ्नै कारणले उपमेयरमा
पराजित व्यक्ति हुन । त्यसैले खड्कालाई पुनः उम्मेद्वार बनाउँदा मतदाताले नरुचाउने संकेत गरिरहेका छन् । तथापि, पार्टीले पनि पराजित उम्मेदवारलाई अगाडि सार्ने योजना निकै कम देखिन्छ । क्षेत्र नं. ७ साविकको इचंगुबाट सरस्वती भट्ट, डा. अम्बिका रेग्मी नयाँ अनुहार भएको, इचंगुकै पुनम लामा मतदाता र कांग्रेसको महाधिवेशन प्रतिनिधि क्षेत्र नं. ७ बाटै भए पनि उनको निवास बुढानीलकण्ठ रहेको इंचगुबासी बताउँछन् । रामेश्वरी ठकुराठी र बन्दना खड्का जागिरबाट राजनीतिमा भर्खर सक्रिय हुन आएको हुँदा त्यति परिचित नाम नभएको स्थानीयहरु बताउँछन् । बन्दना खड्का र कल्याणी खड्का माइतीको नाताले फूपु भतिजी र एकाघरमा देउरानी जेठानी हुन् ।

एमालेले पनि पार्टीको तर्फबाट हालसम्म तीन जनाको नाम प्रस्तावित गरेको छ । जसअनुसार वर्तमान उपमेयर सुशीला अधिकारी, क्षेत्र नं. ८, वडा नं. ५, नेकपा नागार्जुन नगर कमिटि सचिवालय सदस्य सपना अर्याल क्षेत्र नं. ७ वडा नं. ३ र रेखा पुरी क्षेत्र नं. ९ वडा नं. ६ मध्येबाट नागार्जुन नगरपालिकामा उपमेयरको प्रत्यासी बनाउने रणनीति एमालेको रहेको देखिन्छ । जसअनुसार हालको उपमेयर सुशीला अधिकारी र उद्योग व्यवसायी रेखा पुरीबीच उम्मेदवार बनाउँने बढी सम्भावना रहेको एमाले नेताहरु बताउँछन् ।

निर्वाचन क्षेत्रगत आधारमा हेर्ने हो भने संघीय निर्वाचन क्षेत्र नं. ७ को तीन वटा वडामा १० हजार १९५, क्षेत्र नं. ८ को दुई वटा वडामा ७ हजार २६५ र क्षेत्र नं. ९ को ५ वटा वडाहरुमा १४ हजार ५५८ जना मतदाता रहेका छन् । क्षेत्र नं ९मा १४ हजार ५५८ जना मतदाता रहेकोले पनि ९ नम्वर क्षेत्रबाटै नगरको प्रमुख र उपप्रमुखमध्ये एकजना उम्मेदवार बनाउनु पर्ने स्थानीय कांग्रेसका नेताहरुले जोड दिइरहेका छन् । त्यसमा पनि वडा नं ६ र ७ मा मात्रै ७ हजार ६३० मतादातारहेकाले उपमेयरको उम्मेदवार यी वडाबाट बनाउँन स्थानीय नेता तथा कार्यकर्ताहरु लागि परिरहेका छन् ।

जनघनत्व र मतदाता अत्याधिक रहेको वडा नं. ६ र ७ बाटै दुवै पार्टीले उपमेयरको प्रत्यासी बनाउँने रणनीति रहेको बुझिएको छ ।

६,बैशाख.२०७९,मंगलवार १५:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्