सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ३ जना घाइते

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्ममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन् ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे१ह ३०४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिंदा सुर्खेतक गुर्भाकोट नगरपालिका-१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रास्कोटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

दुर्घटनामा टेम्पो चालक ३१ वर्षीय पदम शाही, ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुन घाइते छन् । उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४,बैशाख.२०७९,आईतवार ०९:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्