कोरोना उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप निर्देशन दिएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो ।

कोरोनाको उपचारका लागि स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरुको एक चौथाई अर्थात २५ प्रतिशत सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने सचिवस्तरको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

३०,चैत्र.२०७८,बुधबार १८:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्