प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा दुई नेताबीच अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा कुराकानी भएको हो ।

धनगढीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौं आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

१३,फाल्गुन.२०७८,शुक्रबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्