सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने

Anjita Karki
anjita.karki@nepalijanta.com

हेटौंडा । बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।

कोरोना संक्रमण बढ्दा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

मन्त्रालयले आवश्यकता अनुसार जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रमा परिचालनका लागि स्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ ।

उनले भने, ‘विद्यालय नर्सिङ कार्यक्रममा प्रति स्थानिय तह ३ जना नर्स परिचालन गरिएको छ, अब उनीहरुलाई पनि कोभिड संक्रमण नियन्त्रणमा परिचालन गर्न परिपत्र भइसकेको छ ।’

यो पनि पढ्नुहोस  तीनकुनेमा पुलबाट नदीमा खसेका दुई जनाको उद्धार
६,माघ.२०७८,बिहीबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: